बुटवल,५ भदौ । नेपालकै अग्रणी शैक्षिक संस्था कालिका मानवज्ञान मा.वि. बुटवलमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ का विधार्थिहरुले स्वागत तथा सम्मान गरेका छन ।
बिध्यालयमा शुक्रबार बिशेष कार्यक्रमको आयोजनाना गरी स्वागत तथा सम्मान गरिएको हो।
विद्यालयको प्राङ्गण कालिकानगरमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय रहेका थिए। 
कक्षा १२ विज्ञान समूहका विद्यार्थी सुदर्शन न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालक कक्षा १२ व्यवस्थापन समूहका विद्यार्थी शशी धिताल र युवराज बन्जाडेले गरेका थिए।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका शाखा अधिकृत खुमन गैरे, पूर्व प्रधानाध्यापक तथा हाल हाल बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु होम बहादुर गलामी, नित्यानन्द ज्ञवाली, रामचन्द्र क्षेत्री, बुटवल उपमहानगरपालिका शिक्षा अधिकृत कोपिला ज्ञवाली लगायतको विशेष अतिथ्यता रहेको थियो।
कक्षा १२ व्यवस्थापन समूहकी प्रतिभा भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन्। उक्त कार्यक्रममा विद्यालयमा लामो समय अध्यापन गराई निवृत्त हुनुभएका शिक्षक लोकराज घिमिरे, दिपक ज्ञवाली, भुवन गिरी, मधुसुदन बेलबासे लगायतका शिक्षकहरुलाई विदाई समेत गरिएको थियो भने विद्यालयमा नव आगन्तुक शिक्षकहरुलाई स्वागत समेत गरिएको थियो।
यस कार्यक्रममा विद्यालयका अध्यक्ष तेजेन्द्र खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रमणि अर्याल, विशिष्ट अतिथि घनश्याम पाठक, पूर्व सहायक प्रधानाध्यापक लोकराज घिमिरे, विद्यालयका प्रधानाध्यापक विष्णुहरी ज्ञवाली, प्रमुख अतिथि खेलराज पाण्डेलगायतका व्यक्तित्वहरूले नवागन्तुक विद्यार्थीहरूलाई शब्दगुच्छाद्वारा स्वागत गर्दै आगामी दिनमा स्कुलले अझ प्रगति गर्ने शुभकामना व्यक्त गरेका थिए ।
विद्यार्थीहरूका गायन प्रतिभा, कविता लगायत थुप्रै सांस्कृतिक प्रस्तुतिहरूले समेत कार्यक्रमलाई आकर्षक बनाएका थिए।
यस भव्य र सभ्य कार्यक्रमको संयोजन विद्यालयको अतिरिक्त क्रियाकलाप प्रमुख विवेकराज पोख्रेलले गरेका थिए।











