हरियाली अभियानमा जुट्यो कसौधन युवा समिति, बिरुवा वितरण कार्यक्रममार्फत वातावरण संरक्षण र सामाजिक एकताको सकारात्मक सन्देश

  • बुटवल,२४ साउन । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले कसौधन युवा समितिको आयोजनामा बिरुवा वितरण कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ।

    कार्यक्रममा कसौधन सेवा समितिका संस्थापक अध्यक्ष श्री जवाहर लाल कसौधन, अध्यक्ष श्री राधेश्याम कसौधन, कसौधन सेवा समितिका पूर्व कोषाध्यक्ष श्री राकेश कसौधन, महासचिव श्री महादेव कसौधन तथा कोषाध्यक्ष श्री विजय कसौधन लगायतको विशेष उपस्थिति रहेको थियो।

    त्यसैगरी कसौधन महिला समितिकी संरक्षक श्रीमती सीता देवी गुप्ता कसौधन, अध्यक्ष श्रीमती आशा कसौधन, कसौधन युवा समितिका पूर्व अध्यक्षहरू श्री राकेश कसौधन तथा श्री बलराम कसौधन लगायत कसौधन सेवा समिति, कसौधन महिला समिति तथा कसौधन युवा समितिका पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य एवं समाजका विभिन्न क्षेत्रका महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा वातावरण संरक्षणलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई दैनिक जीवनको व्यवहार र सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको थियो। एउटा बिरुवा रोप्नु र त्यसको संरक्षण गर्नुले स्वच्छ वातावरण, हरियाली र भावी पुस्ताका लागि स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने सन्देश कार्यक्रममा प्रवाह गरिएको थियो।

    कार्यक्रम सफल बनाउन कसौधन युवा समितिका सचिव श्री अमन कसौधन, संयोजक तथा पूर्व अध्यक्ष श्री काशी धर्मेन्द्र कसौधन, सह–संयोजक श्री अविशेष कसौधन लगायत समिति पदाधिकारी, सदस्य तथा सहयोगीहरूको सक्रिय भूमिका रहेको थियो।

    कसौधन युवा समितिका अध्यक्ष श्री इन्द्रजीत कसौधनले कार्यक्रममा उपस्थित सम्पूर्ण अग्रज, पदाधिकारी, पूर्व अध्यक्ष, सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै सामाजिक सेवा, वातावरण संरक्षण र समुदायको हितका कार्यमा सबैको एकता, सहकार्य र सद्भावलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    समितिले बिरुवा वितरणसँगै त्यसको संरक्षण र हुर्काउने जिम्मेवारीप्रति पनि सचेत रहन सबैलाई आग्रह गरेको छ। कार्यक्रममा सहभागीहरूले “आज रोपेको बिरुवा नै भोलिको हरियाली र स्वस्थ समाजको आधार हो” भन्ने सकारात्मक सन्देश दिएका थिए।

    कसौधन युवा समितिले आगामी दिनमा पनि युवाहरूको सक्रिय सहभागितामा वातावरण संरक्षण, सामाजिक सेवा तथा समुदाय हितका विभिन्न रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation