प्रकृति संरक्षणका लागि लायन्सको ऐक्यबद्धता ४,८४२ वृक्षारोपण, संरक्षणलाई प्राथमिकता

  • बुटवल २२ साउन। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल अन्तर्गत ग्लोबल सर्भिस टिम (GST) ले सञ्चालन गरेको Global Causes – Environment  अभियान अन्तर्गत जुलाई १ देखि ३१ सम्म विभिन्न एरियाका लायन्स क्लबहरूले कुल ४,८४२ वृक्षारोपण गरेका छन्।
    (GST) DAT का अनुसार एरिया १ मा ५०, एरिया २ मा ४५९, एरिया ३ मा १,४८५, एरिया ४ मा १,४४१ र एरिया ५ मा १,४०७ बिरुवा रोपिएको छ। वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जैविक विविधताको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाहमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको । अभियानमा सहभागी सम्पूर्ण क्लब, एरिया चिफ तथा लायन सदस्यहरूको सक्रिय सहभागिताप्रति डिएटि कोडिनेटर  प्रकास श्रेष्ठले धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै एरिया अनुसारको तथ्याङ्क संकलन गरी समयमै उपलब्ध गराउने एरिया चिफहरूको योगदानको विशेष प्रशंसा गरेका थिए।
    डिस्ट्रिक्टको आह्वानमा सञ्चालन गरिएको वृक्षरोपण अभियान प्रभावकारी रूपमा सम्पन्न भएको उल्लेख गर्दै  अब रोपिएका बिरुवाको संरक्षण नै पहिलो प्राथमिकता भएको जनाएको छ। विगतका अनुभवलाई मध्यनजर गर्दै सकेसम्म सबै बिरुवा बचाउन आवश्यक पहल गर्न क्लबहरूलाई आग्रह गरिएको छ।
    क्लबहरूले बिरुवा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरी त्यसको प्रतिवेदनसमेत पेश गर्न सक्ने व्यवस्था गरिएको छ। यसबाट वातावरण संरक्षणसँगै क्लबहरूको सेवा गतिविधि पनि थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
    डिस्ट्रिक्टले क्लबहरूले रोपेका बिरुवामध्ये कम्तीमा ५५ प्रतिशत बिरुवा संरक्षण गर्न सफल हुने क्लबलाई आगामी डिस्ट्रिक्ट मूल्याङ्कनमा विशेष प्राथमिकता दिइने जिएटि कोडिनेटर प्रकास श्रेष्ठले जानकारी दिए ।
    वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ। वातावरण संरक्षणका लागि प्रत्येक व्यक्तिले कम्तीमा एक बिरुवा रोपी त्यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation