लायन्स क्लब अफ बुटवल तिनाउले मनायो आफ्नो सातौँ स्थापना दिवस

  • बुटवल, २१ साउन — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालअन्तर्गत रहेको लायन्स क्लब अफ बुटवल तिनाउ ले आफ्नो सातौँ स्थापना दिवस (Chartered Night Celebration) विविध कार्यक्रमका बिहिबार बुटलमा भव्य रूपमा सम्पन्न गरेको छ। लायन्स क्लब तिनाउको अध्यक्ष सुदिप न्यौपानेको अध्यतामा सम्पन् भएको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अथिति एलसिआएफ एरिया लिडर लायन अरुण प्रताप राणाले क्लबले विगत सात वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशमसा गर्दै आगामी दिनमा अझ सामाजिक सेवामा सक्रिय हुन आग्रह गरे ।
    कार्यक्रममा विशिष्ट अतिथि लायन्स इन्टरनेशनल ३२५ पि का गर्भनर सन्दिप कसौधनले लायन्स तिनाउ लाई शुभकामना दिैदै समुदायमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सेवामूलक कार्यलाई निरन्तरता दिनुपर्ने बताए।
    क्लबका अध्यक्ष न्यौपानेले स्थापना दिवस केवल उत्सव नभई समाजप्रति थप जिम्मेवार भएर सेवा गर्ने प्रेरणाको अवसर भएको भन्दै आगामी वर्षहरूमा पनि मानव सेवाका विविध कार्यक्रमलाई प्राथमिकताका साथ गर्ने प्रतिबद्धता जनाए।
    नि बर्तामान गर्भनर बालाराम भट्राई,,पीडीजी अर्जुनमान शैजु,प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,पुरुसोत्तम भक्त प्रधानाङ्ग,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे लगाएत डिस्ट्रिक्ट पदाधिकारीक क्लबका सस्यहरुकोउपस्थीत रहेको थियो ।पूर्व अध्यक्ष तथा सस्यहरुलगाएत व्यक्तिहरुलाई सम्मान गरेको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation