बुटवल, १९ साउन। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ को आयोजनामा डिष्ट्रिक्ट गभर्नर टिम सम्मान तथा पारिवारिक स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि एलसिआइफ एरिया लिडर अरुण प्रताप राणाले लायन्स क्लब मणिमुकुन्द युथ को टिम प्रति हार्दिक आभार ब्यक्त गदै यो बर्षको थिम सकारात्मक सोचौँ, खुसी फैलाऔँ लाई आत्मसात् गर्दै लायन्स अभियानमा समाजसेवा, मानवीय सहयोग, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा खेलेको भूमिकामा यो बर्ष लाई अझ प्रभावकारी बनाउन सबै सदस्य एकजुट भएर काम गर्नुपर्नेमा बताए। डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधनले सबैको समर्पण, सहकार्य र नेतृत्वप्रति उनले आभार व्यक्त गरे। स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् राहत, भोकमरी न्यूनीकरण, दृष्टि संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमहरू उत्कृष्ट रहेको बताए । सम्मानलाई उपलब्धि तथा थप जिम्मेवारीको सुरुआतका रूपमा लिनुपर्ने बताए। उनले आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी सेवा अभियान सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने पर्ने बताए। लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष अनिल शाहले डिष्ट्रिक्ट गभर्नर टिमतथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमले लायन्स परिवारबीच एकता, मित्रता र सेवाभावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा ,नि बर्तमान गर्भनर बालाराम भट्टराई प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी,पीडीजी अर्जुनमान शैजु, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,पीडीजी महेन्द्र नारायण श्रेष्ठ,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट पदाधिकारी, विभिन्न लायन्स क्लबका अध्यक्ष, पदाधिकारी, सदस्य तथा उनीहरूका परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सम्मान, शुभकामना आदानप्रदान तथा पारिवारिक भेटघाटसँगै आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्नेह मिलन कार्यक्रमसमेत आयोजना गरिएको थियो।











