नेपाली कांग्रेस क्षेत्र नं.३ रुपन्देहीको शोकसभा सम्पन्न

  • भैरहवा, ४ भदौ । नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नं ९, उदयपुर, भैरहवामा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य रामवृक्ष अहिरको धर्मपत्नी सुमित्रा देवि अहिर यादवको ५६ वर्षको उमेरमा भएको निधनमा ११औं दिनको पुन्यतिथिमा “शोकसभा कार्यक्रम” सम्पन्न भयो । शोक सभा क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङको सभापतित्व सम्पन्न भएको थियो ।
    कार्यक्रममा बोल्ने वक्ताहरुले मानिसको जन्मपछि मृत्यु निश्चित रहेकाले स्वर्गीय यादवको बैकुण्ठ बासको कामनासहित निजले देखाएको असल बाटोमा हिड्नु पर्ने भनाई राख्नुभएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य सुर्य नारायण यादव, प्रदेससभा सभापति सुरेन्द्र जंग थापा, सि।न।पा. वडा नं.९ का वडा सभापति श्याम खनाल लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
    कार्यक्रममा पार्टीका जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, क्षेत्र नं. ३ का कोषाध्यक्ष कृष्ण खनाल, सहसचिव कुल प्रसाद न्यौपाने, क्षेत्रिय सदस्य रमेश मल्ल, योगेन्द्रनाथ पाण्डे, सरस्वती श्रेष्ठ, यम बहादुर बुढा, सि।न।पा।का पुर्व नगर सचिव संजिव शर्मा रेग्मी, जनप्रतिनिधि अभिषेक रावल, सि.न.पा. वडा नं. ६ का सभापति राम बहादुर गुरुङ्ग, वडा नं. ८ का सभापति टंक ज्ञवाली, वडा नं. १२ का सभापति हरिराज विष्ट, मोहन सिंह, महिला नेतृ पल्लवी न्यौपाने, सलुजा रामदाम, समाजसेवी खड्ग बहादुर राना, चतुर्भुज रेग्मी, युवराज पाण्डे, भुवन राणा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य नेपाली कांग्रेसका प्रदेशसभा ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापा तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईले संचालन गर्नुभएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation