अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्यमी मञ्च रूपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • बुटवल,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस, १२ अगस्टको अवसरमा नेपाल युवा उद्यमी मञ्च (NYEF) रूपन्देही च्याप्टरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं. ६ स्थित ब्लड बैंकमा सम्पन्न भएको हो।

    कार्यक्रमको अध्यक्षता नेपाल युवा उद्यमी मञ्च रूपन्देही च्याप्टरका अध्यक्ष श्री अनिस कसौदनले गर्नुभएको थियो। कार्यक्रममा च्याप्टरका पूर्व अध्यक्षहरू प्रदीप शाक्य, निरज लाकोल, सन्देश श्रेष्ठ, सन्दीप कसौदन, अक्लेस कसौदन, ऋषभ ओझा, आदर्श श्रेष्ठ र उमेश अमात्यलगायत पूर्व अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    रक्तदान कार्यक्रमका संयोजक राहुल कसौदन रहनुभएको थियो। कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, साधारण सदस्य तथा अन्य सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा कुल ३६ जनाले रक्तदान गर्नुभएको थियो।

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउने तथा रक्त अभावका कारण समस्यामा परेका बिरामीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले युवाहरूको सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation