रुपन्देही, २७ श्रावण । कसौधन युवा समितिको आयोजनामा परोहा प्रसाद वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ३,२०० जना भक्तजनलाई प्रसाद तथा मोही वितरण गरिएको थियो।
कार्यक्रममा कसौधन सेवा समिति अध्यक्ष श्री राधेश्याम कसौधन ज्यू, महासचिव श्री महादेव कसौधन ज्यू, कसौधन युवा समितिका पूर्व अध्यक्ष श्री काशी धर्मेन्द्र कसौधन ज्यू, श्री विवेक कुमार कसौधन ज्यू लगायत सम्पूर्ण पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन कसौधन युवा समिति उपाध्यक्ष श्री राहुल कसौधन ज्यू, कोषाध्यक्ष श्री सत्यं कसौधन ज्यू, संयोजक श्री बिमल कसौधन, सह–संयोजक श्री मनीष कसौधन र श्री सन्दीप कसौधन, सचिव श्री अमन कसौधन लगायत सम्पूर्ण सदस्यहरूले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रमको सफलताप्रति कसौधन युवा समिति अध्यक्ष श्री इन्द्रजीत कसौधनले उपस्थित सम्पूर्ण अग्रज, पदाधिकारी, सदस्य तथा सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दै आगामी दिनमा समेत सामाजिक तथा धार्मिक कार्यमा निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ।











