बुटवल,२६ साउन । नेपाल वंशज परिषद रुपन्देहीको स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र बुटवलमा गरिएको रक्तदान कार्यक्रममा परिषद्का पदाधिकारी, सदस्य तथा सुभेच्छुकहरु समेत गरी २७ जनाले रक्तदान गरेको परिषद रुपन्देहीका अध्यक्ष घनश्याम नेपालले जानकारी दिए ।
नेपाल वंशज परिषद्ले रक्तदान जीवनदान भन्ने नारा सहित रगतको अभाव हुन नदिन र रक्तदान संस्कृतिको विकासका लागि रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा रक्तदाताहरुलाई नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, परिषद्का अध्यक्ष घनश्याम नेपाल, कार्यक्रम संयोजक तथा परिषदका सचिव नगेन्द्र नेपालले प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यसैगरी परिषद्का अध्यक्ष घनश्याम नेपालले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने परिषद्का पदाधिकारी, सदस्यहरु, सल्लाहकार तथा कार्यक्रममा सहभागि भई रक्तदान गर्ने रक्तदातालाई आभार सहित धन्यवाद व्यक्त गरे ।
‘घृतकौशिक गोत्र’ अन्तरगतका नेपाल बन्धुहरुको भेलाले रुपन्देहीमा नेपाल वंशज परिषद् गठन गरि विभिन्न कार्यक्रम गर्दै आएको छ । सोही समितिले वंशावली समेत तयार गरि नेपाल वंश (कुल)को विकासक्रम समेत पहिचान गराएको छ ।











