लायन्स क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूको प्रशिक्षण

  • काठमाडौं,२५ साउन। लायन्स डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा लायन वर्ष २०२६/२७ का लागि एरिया १ क्षेत्रका क्लबका पदाधिकारीलाई शनिवार काठमाडौमा प्रशिक्षण दिइएको हो ।
    जुलाई १ बाट कार्यकाल सुरु भएको क्लब पदाधिकारीहरूको पदीय जिम्मेवारी तालिम अन्तर्गत वर्ष २०२६/२७ का लागि क्लबका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई प्रशिक्षण गराइएको डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधनले जानकारी दिनुभयो । उहाँका अनुसार क्लब कसरी सञ्चालन गर्ने, भावी आफ्ना कार्यक्रम र सामाजिक उत्तर दायित्व बहन गर्नका लागि खेल्नु पर्ने भूमिकाका बारेमा प्रशिक्षण गराइएको हो । विशेष गरी मानवीय सेवा क्षेत्रको नेतृत्व गर्नका लागि नेतृत्व उत्पादनमा प्रेरित गर्न र लक्ष्यहरू प्राप्त गर्न उनीहरूलाई पूर्ण क्षमतावान् बनाउन मद्दत गर्नको लागि मनोनीत पदाधिकारीहरुसँग सहयोगको प्रतिबद्धता माग गर्नु भएको थियो ।
    कार्यक्रम काठमाडौ सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा आयोजित कार्यक्रममा एरिया चिफ कोअर्डिनेटर सगुन ढक्कवाको सभापतित्व रहेको थियो। प्रमुख अतिथि एलसिइएफ एरिया लिडर अरुण प्रताप राणाले नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, नेतृत्व क्षमता तथा कार्यसम्पादनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। साथै नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउँदै औपचारिक रूपमा पदस्थापन गरिएको थियो।
    प्रशिक्षण कार्यक्रममा क्लब सञ्चालन, नेतृत्व विकास, सदस्य व्यवस्थापन, सेवा गतिविधि तथा लायन्स इन्टरनेशनलका उद्देश्यअनुसार सामाजिक सेवाका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा जानकारी गराइएको थियो। तेस्तै कार्यक्रमा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी, पिडिजी अनुप पहरी ,द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे लगाएत डिस्ट्रिक्ट पदाधिकारीक क्लबका सस्यहरुको उपस्थीत रहेको थियो

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation