८ वटा लायन्स क्लबहरुको शपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न

  • बुटवल, २१ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२७ अन्तर्गत रिजन–१३ तथा जोन २७ र २८ अन्र्तगत रहेका विभिन्न लायन्स क्लबहरूको शपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ।
    कार्यत्रक्रमा रिजन चेयपर्सन नारायण तिवारी को अध्यक्षतामा भएको थियो । कार्यक्रमा बोल्दै प्रमुख आतिथ्यती डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधनले नवगठित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै डिष्ट्रिक्ट ३२५ पि को यो बर्षको थिम सकारात्मक सोचौँ, खुसी फैलाऔँ लाई आत्मसात् गर्दै मानवीय सेवा, सामाजिक उत्तरदायित्व ,विपद् व्यवस्थापन तथा समुदाय केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेका थिए। गभर्नर कसौधनले लायन्स अभियानलाई सदस्य वृद्धि, नेतृत्व विकास, वातावरण संरक्षण, स्वास्थ्य सेवा, शिक्षा तथा विपन्न समुदायको उत्थानसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

    शपथ ग्रहण समारोहमा लायन्स क्लब अफ बुटवल सनसाइन, लायन्स क्लब अफ बुटवल सिद्धबाबा, लायन्स क्लब अफ बुटवल सिद्धार्थ ,लायन्स क्लब अफ बुटवल न्यू होराइजन,लायन्स क्लब अफ बुटवल होर्ट्स, लायन्स क्लब अफ बुटवल, लायनेस क्लब अफ बुटवल तथा लायन्स क्लब अफ बुटवल खस्यौली का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरी पदभार ग्रहण गरेका थिए।
    तेस्तै कार्यक्रममा एरिया लिडर लायन अरुण प्रताप राणा,नि बर्तमान गर्भनर बालाराम भट्टराई प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी,पीडीजी अर्जुनमान शैजु, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,पीडीजी महेन्द्र नारायण श्रेष्ठ,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे, जोन २७ का जोनचेयरपर्सन लायन संकल्प हमाल , जोन २३ कि रुपा भुजेल गुरुङ्ग जोन २८ कि जोनचेयपर्सन प्रविन्द गोविन्द श्रेष्ठ लगाएत डिस्ट्रिक्ट पदाधिकारी हरु तथा क्लबका सदस्हरुको को उपस्थीत रहेको थियो

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation