न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

  • काठमाडौं,७ साउन । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दोस्रोपटक कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् ।
    प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा बिहीबार (साउन ७) देखि भारत भ्रमणमा प्रस्थान गरेका कारण वरिष्ठतम् न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।

    तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले गत वर्षको १८ चैतमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन् । उनी डा. शर्मा प्रधानन्यायाधीशमा नियुक्ति नहुञ्जेल झण्डै डेढ महिना जेठ ५ गतेसम्म कामुको जिम्मेवारीमा थिइन् ।
    प्रधानन्यायाधीश शर्मा भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन् । शर्मा भारत भ्रमणमा जानुअघि सर्वोच्चकी वरिष्ठतम न्यायाधीश मल्लसहितका न्यायाधीश र विशिष्ट कर्मचारीले बिदाई गरेका थिए । शर्मा भ्रमण सकेर साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation