काठमाडौँ,१० बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो। काठमाडौँको नारायणचौर (नक्साल) बाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी डा.मनोज केसीले खबारखातालाई बताए ।











