
चोरमारा २६ पुस । पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडक नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर भाँसिदा सडक अवरुद्ध भएको जानकारी दिए ।
उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको तर तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले पुल भाँचिए पछि बाटो अवरुद्ध भएको जानकारी गराउँदै डाइभर्सन नबन्दा सम्मलाई बैकल्पिक बाटो खोज्ने काम भईरहेको जानकारी दिए ।
भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।