अवरुद्ध बुटवल–नारायणगढ सडक खण्ड दाउन्नेमा एकतर्फी सञ्चालन

  • परासी २४ पुस । पूर्व–पश्चिम(महेन्द्र) राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएकोे छ ।
    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
    बुधबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएको बताउँदै उनले सवारीसाधनलाई सवारी पासको आधारमा आलोपालो सञ्चालनमा ल्याइएको उल्लेख गरे ।
    मङ्गलबारदेखि पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु, लगातारको शीतलहरले यात्रा चुनौतीपूर्ण बनेपछि आज बिहान उक्त खण्डमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation