महावीर पुनले गरे सम्पत्ति विवरण सार्वजनिक : करिब २८ रोपनी जग्गा

  • काठमाडौँ,१६ बैशाख । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सांसद तथा पूर्वमन्त्री महावीर पुनले आज सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब ३तोला सुन रहेको उल्लेख गरेका छन् । त्यो सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले जनाएका छन् । साथै, उनले नेपाल बैंक लिमिटेडमा ४लाख रुपैयाँ नगद रहेको, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना चार पैसा रहेको उल्लेख छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation