भैरहवा,१६ वैशाख। प्रधानमन्त्री बालेन्द्र शाह बुद्ध जयन्ती समारोहमा नआउने भएका छन् ।
यसअघि वैशाख १८ गते २५७० औं बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री शाह उपस्थित हुने लुम्बिनी विकास कोषले जनाएको थियो । तर बुधाबार (आज) प्रधानमन्त्रीको सचिवालयबाट विकास कोषका पदाधिकारीलाई टेलिफोन गरी बुद्ध जयन्तीमा उपस्थित नहुने जानकारी गराएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिए ।












