कर्जा बीमाले बचायो परिवार: बनगाउँ शाखाद्वारा ३ लाख कर्जा मिनाहा, २१ हजार काज किरिया खर्च उपलब्ध

  • अर्घाखाँची,१५ बैशाख ।माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बनगाउँले एक उदाहरणीय सामाजिक उत्तरदायित्व प्रस्तुत गरेको छ। शाखा प्रबन्धक सन्तोष पोखरेलको सक्रिय नेतृत्वमा सम्पन्न यस कार्यले स्थानीयस्तरमा निकै प्रशंसा बटुलेको छ।
    केन्द्र नं. १०४ अन्तर्गत सिङ्गे महिला केन्द्रकी सदस्य यमा परियारका श्रीमान् प्रेम बहादुर परियाको दुःखद निधन पश्चात्, प्रबन्धक सन्तोष पोखरेलको पहलमा संस्थाले कर्जा बीमा सुविधामार्फत महत्वपूर्ण सहयोग प्रदान गरेको हो।
    निधनसँगै परिवारमा परेको आर्थिक बोझलाई मध्यनजर गर्दै संस्थाले यमा परियारले लिएको रु. ३,००,००० (तीन लाख) कर्जा पूर्ण रूपमा मिनाहा गरेको छ। यससँगै, बीमा दाबी बापत प्राप्त काज किरिया खर्छ २१,००० (एक्काइस हजार) समेत जोडेर जम्मा रु. ३,२१,००० (तीन लाख एक्काइस हजार) को चेक मृतककी श्रीमती यमा परियारलाई हस्तान्तरण गरिएको छ।
    शाखा प्रबन्धक सन्तोष पोखरेलले दुःखद परिस्थितिमा पीडित परिवारलाई आर्थिक राहत प्रदान गर्दै संस्थाको सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतारेका छन्। उहाँको पहल र समन्वयले यस कार्यलाई अझ प्रभावकारी बनाएको स्थानीयवासीले बताएका छन्।
    स्थानीयस्तरमा यस कार्यको व्यापक प्रशंसा भइरहेको छ। कर्जा बीमा जस्तो सुविधा वास्तवमै सदस्यहरूको जीवनमा सुरक्षा कवच बन्न सक्ने उदाहरणका रूपमा यो घटनालाई हेरिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation