बुटवल ,१२ बैशाख । क्षितीज ईन्टरनेशनल कलेज बुटवल १० रूपन्देहीको आयोजानमा बुटवलमा क्षिजित टेडेक्स आयोजना गरिएको छ । बुटवलको दियालो फुडल्याण्डमा आयोजना गरिएको सेमिनारमा महानायक राजेश हमाल देखि पुर्व मन्त्री सुमना श्रेष्ठ सम्मले सम्बोधन गरेका छन् । ‘टेडेक्स’ क्षितीज ईन्टरनेशनल कलेज’ नाम दिइएको यो कार्यक्रममा मुख्य वक्ताको रूपमा नेपाली सिनेमा जगतका महानायक राजेश हमालले सम्बोधान गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै अव स्वदेशमा नै केही गर्ने बेला आएको बताएका थिए ।
ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, र वल्र्डलिंक कम्युनिकेसनका सीईओ केशव नेपाल प्रत्यक्ष रूपमा उपस्थित रहेका थिए । त्यसैगरी, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले भर्चुअल माध्यमबाट आफ्नो प्रस्तुति दिएकी थिईन् । कार्यक्रममा वक्ताहरूमा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल र शाइन रेसुङ्गा बैंकका चिफ स्ट्राटेजी एण्ड एचआर अफिसर प्रवास राई ले आ आफ्नो भनाई रााखेका थिए । कार्यक्रमको मुख्य नारॉ‘रेडीफाईन द नेक्स्ट’’ राखिएको थियो । जसले भविष्यका सम्भावना र नवीन सोचलाई जोड दिने लक्ष्य राखेको राखिएको थियो । यस कार्यक्रमले बुटवल क्षेत्रका विद्यार्थी, उद्यमी र जिज्ञासु व्यक्तिहरूलाई नयाँ सोच र ऊर्जा प्रदान गर्ने विश्वास लिइएको लिइएको थियो ।क्याम्पस प्रमुख डा।सुर्य राना, क्याम्पस सञ्चालन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठ ,क्याम्पस कोर्डिनेटर निरज लाकौल कार्यक्रम संयोजक विद्यार्थी खुसी कसजु लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ बुटवलका नि।वर्तमान अध्यक्ष उज्ज्वल कसजु इ–ड्राईभ लुम्बिनीका प्रमुख राजकुमार गुप्ता लगाएत सहभागीता रहेको थियो ।












