अध्यक्ष केपी ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक

  • काठमाडौं १४ चैत, । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले महासचिव शंकर पोखरेलले बैठक बोलाएका हुन् । ओलीको गिरफ्तारीविरुद्ध विरोधमा उत्रिने तयारीमा रहेको एमालेले आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो । अध्यक्ष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै आगामी रणनीति तय गर्न बैठक बोलाइएको हो ।सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको बैठक बस्ने छ । ती बैठकले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने सचिव बस्नेतको भनाइ छ एमालेले ओलीको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भनेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation