‘मित्रवत’ जहाजले होर्मुज जलमार्ग सुरक्षित रूपमा पार गर्न सक्छन् :इरान

  • काठमाडौं,११ चैत । इरानले ‘मित्रवत’ जहाजहरूलाई होर्मुज जलमार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न अनुमति हुने जनाएको छ। यस जलमार्ग हुँदै जहाजहरूको आवागमन घटेपछि विश्वव्यापी ऊर्जा संकट बढेको अवस्थामा इरानले यस्तो धारणा सार्वजनिक गरेको हो। मंगलबार संयुक्त राष्ट्रसंघस्थित इरानको स्थायी नियोगले जारी गरेको वक्तव्यमा भनिएको छ कि, यदि जहाजहरूले इरानविरुद्ध कुनै आक्रामक गतिविधिमा सहभागी नहुने तथा घोषित सुरक्षा नियमहरू पालना गर्नेछन् भने उनीहरूलाई ‘सुरक्षित मार्ग’ उपलब्ध गराइनेछ। साथै सक्षम इरानी निकायसँग समन्वय गरेर मात्र जलमार्ग पार गर्न पाइने बताइएको छ।
    इरानले यसअघि पनि अन्तर्राष्ट्रिय समुद्री सुरक्षा निकाय अन्तर्राष्ट्रिय समुद्री संगठनलाई यस्तै जानकारी दिएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation