सात देशमा पुनः श्रम स्वीकृति

  • काठमाडौ,३ चैत । सरकारले मध्य–पूर्वका खाडी मुलुकहरू र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरू गरेको छ।
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिदामा नेपाल आएका श्रमिकहरूलाई कार्यथलोमा फर्किन सहज हुने गरी यो निर्णय गरेको जनाएको हो।मन्त्रालयका अनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स ९युएई ०, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूले अब पुनः श्रम स्वीकृति पाउने छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation