काठमाडौँ,१ चैत । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आफूलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी सञ्चारकर्मीसमक्ष दिएका हुन्। स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जनालाई मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपतिबाट सदस्यमा मनोनीत गर्ने संवैधानिक प्रावधान छ । संघीय संसदमा माथिल्लो सदनका रूपमा रहेको राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभाको एक तिहाइ सदस्यको गत माघ ११ गते निर्वाचन भएको थियो ।












