कतार,३० फागुन । कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) सहित बसोबास गरिरहेका र साउदी अरबका विमानस्थलहरू हुँदै नेपाल यात्रा गर्न चाहने नेपालीलाई दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ ।मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले शनिबार सूचना जारी गर्दै भनिएको छ कि वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकले साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल आउन ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्नुपर्नेछ।
यसका लागि एजदान मल (अल घराफ) स्थित भिसा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ।












