काठमाडौँ,२९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली दिँदै पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने आफूलाई महसुस भएको बताए।
सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै उनले पितालाई जीवनको महत्वपूर्ण संरक्षक, गुरु र मार्गदर्शकका रूपमा स्मरण गरेका छन्। संस्कृत श्लोक उद्धृत गर्दै उनले पिताको स्थान जीवनमा अतुलनीय हुने उल्लेख गरेका छन्।
साहले केही समयअघि आफूले पनि पिता गुमाएको स्मरण गर्दै पिताको अभावले जीवनमा गहिरो रित्तोपन र अपूरणीय शून्यता ल्याउने अनुभूति हुने बताएका छन्।












