राजदूत भण्डारी र बङ्गलादेशका विदेश राज्यमन्त्रीबिच भेटवार्ता

  • काठमाडौँ,२४ फागुन। बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बङ्गलादेशकी नवनियुक्त विदेश राज्यमन्त्री शमा ओबेद इस्लामसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार बिहान भएको अवसरमा नेपाल र बङ्गलादेश बिचको द्विपक्षीय सम्बन्धका विविध आयामका बारेमा विस्तृत छलफल भएको थियो । विशेषगरी व्यापार, कनेक्टिभिटी (सञ्जाल विस्तार), ऊर्जा, शिक्षा र पर्यटनका क्षेत्रमा आपसी सहयोग र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबिच कुराकानी भएको बङ्गलादेशको नेपाली दूतावासले जनाएको ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation