युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

  • काठमाडौँ,१८ फागुन । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान खुलेको छ। नेपाली राजदूतावास, अबुधाबीका अनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्।
    दूतावासले दिएको जानकारीअनुसार श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा उनको घटनास्थलमै निधन भएको जनाइएको छ।
    घटनाबारे संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले उल्लेख गरेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation