स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र सुशासनलाई प्राथमिकतामा :उमेद्बार शुसिल गुरुङ्ग

  • रुपन्देही जिल्लामा विगत लामो समय देखि सामाजिक अभियान्ताको रुपमा आफुलाई स्थापित गरेको नाम हु शुसिल गुरुङ्ग । भैरहवामा जन्मीएका गुरुङ्गले सामाज सेवाको यात्रामा आफुलाई अविराम समाहित हँुदै राजनीतिक यात्रा समेत सुरुवात गरेका थिए ।
    मानविय भावनाले ओतप्रोत संस्था रेडक्रसममा लामो समय देखि जिम्मेबारी बहान गर्दै आएका गुरुङ्गले नेपाली काग्रेसको राजनीतिक अभियानमा साथ मा साथ काँधमा काँध दिदै आएका छन् ।
    जेन्जी आन्दोलन पश्चात गठन भएको नागरिक सरकारको तत्वधानमा यहि फागुन २१ मा देशभर प्रतिनीधी सभा निर्वाचन हुँदै छ । जसमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट नेपालीकाग्रेसको रुख चुना चिन्ह लिएर शुसिल गुरुङ्ग चुनावि मैदानमा होमीएका छन् । उनै गुरुङ्ग संग गरिएको चुनावि वार्ता
    चुनाव नजिकै आई सक्यो यहाँको व्यस्तता कत्तिको छ ?
    – हो, चुनामा जनताले मत प्रकट गर्नको लागि धेरै दिन छैन । म रुपन्देही–३ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मतदातासँग आफ्नो विकास योजना प्रस्तुत गर्दै व्यस्त छ् । ‘सम्रुन्त नेपाल, सम्मानित नेपाली” भन्ने नारासहित स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र सुशासनलाई प्राथमिकतामा राखेर जनतासंग मतको अपेक्षा सहित घर दैलोमा लागिरहेको छु ।
    यहाँले अगाडी सारेका मुख्य खुख्य एजेन्डा के के छन् ?
    – पक्कैपनि भैरहवामा निर्माण सम्पन्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, लुम्बिनी क्षेत्रको पर्यटनमैत्री पूर्वाधार विकास, सीमा नाका व्यवस्थापन सुधार र विशेष आर्थिक क्षेत्र ९सेज० प्रभावकारी बनाउने योजना अघि सारेको छु ।
    स्थानीय तहमा, सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन, अव्यवस्थित पार्किङ समस्या समाधान, अधुरा अस्पताल र पूर्वाधार सम्पन्न गर्ने तथा औद्योगिक क्षेत्र विस्तारमार्फत रोजगारी सिर्जना गर्ने योजना अगाडी बढाउने गरी मेरो घोषणापत्रमा समावेश छन् । स्वास्थ्य क्षेत्रमा अस्पतालको स्तर उन्नति, स्वास्थ्य बीमा सहज बनाउने र सबैलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउने विशेष पहल गर्ने छु । शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा विस्तार, नमूना विद्यालय स्थापना र सरकारी प्राविधिक इन्स्टिच्युट निर्माण गर्ने योजना पनि समावेश छ ।
    युवा क्षेत्रको लागि के कस्ता योजना बनाउनुभएको हो ?
    –अहिलेको सरकार नै युवाहरुको माग र आवश्यकताको आधारमा बनेको हो , हामी हाम्रो पार्टीमा पनि अहिले युवाले नै नेतृत्व सम्हालेका छौ । पक्कै पनि युवालाई उद्यमशीलता विकासका लागि स्टार्टअप फन्ड सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने म्ैले अगाडी बढाएको छु ।
    यसको साथै दलित, आदिवासी, मधेसी, मुस्लिम र पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्दै समावेशी विकासमा पनि जोड दिने छु भने सुशासन र विकासलाई विशेष प्राथमिकता दिएको छु ।
    यो क्षेत्रमा धेरै अधुरा पुर्वाधार र कृषि क्षेत्रको विकासका लागि यहाँको योजना के छ नी
    –अधुरा पूर्वाधार आयोजना सम्पन्न गर्ने तथा औद्योगिक क्षेत्रको विस्तारमार्फत रोजगारीका अवसर सिर्जना मेरो योजना छ । स्थानीय उत्पादनको बजारीकरण, आधुनिक कृषि बजार स्थापना, सिँचाइको व्यवस्था र किसानलाई उन्नत बीउ–मल सहज उपलब्ध गराउने पनि प्रतिबद्धता मेरो रहेको छ । युवालाई उद्यमशीलता विकासका लागि स्टार्टअप फन्ड सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ ।
    शिक्षातर्फ विद्यालयहरूमा प्राविधिक शिक्षा विस्तार गरी युवालाई सीपयुक्त बनाउने, प्रत्येक पालिकामा नमूना विद्यालय स्थापना गर्ने तथा सरकारी प्राविधिक इन्स्टिच्युट निर्माण गर्ने योजना अघि सारेको छु । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन, लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक–पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने तथा खेलकुद पूर्वाधार निर्माणमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य पनि यहाँ राखेको छु ।

    समावेशीकरण को विषयमा यहाँको मुख्य योजना के रहेको छ ?
    त्यस्तै, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यक तथा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्दै समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छु । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई विशेष जोड दिँदै जनताका आवाजलाई प्रतिनिधिसभामा प्रभावकारी रूपमा उठाउने योजना बनाएको छु ।
    यो क्षेत्रमा अहिले पनि अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या धेरै देखिन्छ, समस्या समाधानको लागि के कस्तो योजना बनाउनुभएको छ ?
    अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान, सडक स्तरोन्नति, खानेपानी विस्तार, रिङरोड निर्माण तथा सामाजिक पूर्वाधार सुदृढीकरणमा विशेष पहल गर्ने मेरो प्रतिवद्धता रहेको छ । समग्रमा विकास, रोजगारी, सुशासन र समावेशी नीतिलाई आधार बनाएर अगाडि बढेका काँग्रेस उम्मेद्वार गुरुङ मतदाताले दिएको न्याँनो मायाँले उत्साहित बनाएको छु ।
    प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न वडा र भित्री बजारहरुमा नगरबस संचालनको योजना मेरो रहेको छ । विभिन्न वडा र भित्री बजारहरुसम्म संचालनका लागि पहल गर्ने सार्वजनिक बस सेवाले विशेष गरी छात्र–छात्रा, ज्येष्ठ नागरिक र दैनिक यात्रुहरुलाई ठूलो सुविधा पुग्ने विश्वास मैले लिएको छु । सस्तो, सुरक्षित र भरपर्दो सार्वजनिक यातायातका लागि पहल गर्ने हाम्रो प्रतिवद्धता हो।’नेपाली कांग्रेसका अन्य नेताहरुले पनि यस योजनालाई स्वागत गर्दै नगरबस सेवा विस्तारले नागरिकको जीवनलाई धेरै सहज बनाउन छ भन्ने मेरो बुझाई छ ।
    भैरहवा सहित क्षेत्र नम्बर ३ को विकासमा यहाँको थप योजना के छ ?
    –‘म यहीको स्थानीय हो । निर्वाचन परिणाम जस्तो आएपनि म बस्ने यही हो’, उनले भने,

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation