देवदह,५ फागुन । नेपाल मोबाईल वितरक संघ लुम्बिनीको आयोजानमा ‘MI Super Seven क्रिकेट प्रतियोगीताको दोस्रो सस्करण देवदह सितलनगर खेल मैदानमा फाल्गुन ४ सोमवार का दिन सम्पन्न भएको छ । उक्त प्रतियोगितामा मोबाइल व्यवसाय संगठन भैरहवा रुपन्देही र बुटवल मोबाइल संघ बीचमा फाइनल म्याच भएको थियो । बुटवल मोबाइल संघ रुपन्देही लाई हराउदै मोबाइल व्यवसायिक संगठन भैरहवा रुपन्देही विजेता भएको छ । बुटवल मोबाइल संघ रुपन्देही उप विजेता भयो भने क्रिकेट टुर्नामेन्ट म्यान अफ द म्याच मोबाइल व्यवसाय संगठन भैरहवाका खेलाडी कैलाश कौरी भए !
प्रतियोगिता को मुख्य प्रायोजक MI Teledirect Pvt.Ltd रहेको थियो भने सह प्रायोजक Ultima lifestyle रहेको थियो भने प्रायोजकमा Boat, Infinix, महालक्ष्मी ग्रुप बुटवल, जेनेक्स, गौरा मावाईल सेन्टर बुटवल, सिद्धार्थ बैंक, प्रभु बैंक रहेका थिए । उक्त प्रतियोगीतामा नेपाल मोबाईल वितरण संघ लुम्बिनीका अध्यक्ष राजेन्द्र पाण्डे ज्यु र प्रमुख अतिथि NAMDA केन्द्रीय किमिटिका बरिरिष्ठ उपाध्यक्ष तथा नेपाल मोबाईल वितरण संघ लुम्बिनीका निर्वतमान अध्यक्ष हरि ब.पोखरेल केसि ज्यु ले समेत आफ्ना भनाइ हरु राख्नु का साथ साथै दुबैले पुरस्कार वितरण पनि गर्नुभयेको थियो भने उक्त संघ का बरिरिष्ठ उपाध्यक्ष अनिल प्रधान ज्युले स्वागत मन्तव्य राख्नु भयेको थियो भने सोहि संघ का उपाध्यक्ष M.L पाण्डे ज्युले कार्यक्रम सन्चालन गर्नुभयेको थियो !
प्रतियोगीतामा प्रथम पुरस्कार २५ हजार र उप विजेता टिमले १५ हजार नगद प्राप्त गरे
प्रतियोगीतामा सहभागी टिमहरूमा मोबाईल व्यवसायी संगठन भैरहवा रूपन्देही, बुटवल मोबाइल संघ (क) बुटवल मोबाइल संघ (ख), कपिलवस्तु मोबाइल फोन व्यवसायी संघ, नवलपरासी मोबाइल व्यवसायी संघ, आरडी सेल्स टिम बुटवल, एनडी सेल्स टिम बुटवल र आयोजक नेपाल मोबाइल वितरक संघ लुम्बिनी रहेका थिए ।












