काठमाडौं,१६ माघ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ।
नेपाल क्रिकेट संघ ९क्यान० ले सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने जानकारी दिएको छ। सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय र भावी दिशाबारे छलफल हुने क्यानले जनाएको छ ।
सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरूको सहभागिता रहने छ ।












