रेड्मी नोट १५ सिरिज सार्वजनिक

  • काठमाडौं,८ माघ । शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। सिरिजमा चारवटा मोडेल रेड्मी नोट १५ प्रो प्लस ५ जी, रेडमी नोट १५ प्रो ५ जी, रेडमी नोट १५५ जी र रेडमी नोट १५ ४ जी रहेका छन्, जसले विभिन्न प्रकारका प्रयोगकर्तालाई फरक-फरक सुविधाहरू प्रदान गर्ने बताइएको छ। उक्त सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो प्लस ५ जीमा छ हजार पाँच सय एमएएच सिलीकोन-कार्बोन (एसआइसी) ब्याट्री रहेको छ, जसमा १० प्रतिशत एसआइसी सामग्री छ भने सय वाट हाइपरचार्ज रहेको छ, जसले करिब ४० मिनेटमै पूर्ण चार्ज गर्छ। साथै २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ। कम्पनीका अनुसार रेड्मी नोट सिरिजमा पहिलोपटक एसआइसी व्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ। सबै प्रो मोडेलमा उक्त एसआइसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १६ सय चार्ज साइकलपछि पनि ८० प्रतिशत वा बढी क्षमता कायम राख्छ, जुन लगभग छ वर्षको सामान्य प्रयोगको बराबर हो ।

    रेड्मी नोट प्रो प्लस ५ जीमा दुई सय एमपी प्राइमरी क्यामेरा रहेको छ, जसमा २ एक्स र ४ एक्स अप्टिकल लेभल इन-सेन्सर जूम र ओआइएस फिचर छ। विश्वभर पहिलोपटक दुई सय एमपी एचपिई इमेज सेन्सर प्रयोग गरिएको छ। एउटै लेन्स, पाँच फोकल लेन्थ डिएजी एचडिआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्वीरहरू दिने कम्पनीको दाबी छ। उक्त मोडेलमा शाओमी आइसलुप कुलिङ सिस्टम पनि छ, जुन उक्त मूल्य दायरामा एकमात्र एलएचपी कुलिङ समाधान हो र तीन गुणा हिट-ट्रान्सफर दक्षता र थर्मल कन्डक्टिभिटी दिन्छ। ६.८३ इन्चको १.५ के ए मोलेड क्रिस्टल रेस डिस्प्लेले ३२ सय निट्स पिक ब्राइटनेस दिन्छ र डुअल स्पिकरले चार सय प्रतिशत भोल्युम बुस्टका साथ इमर्सिभमल्टिमिडिया अनुभव दिन्छ।

    कनेक्टिभिटीका लागि प्रो मोडेलहरूमा फ्ल्यागसिप लेभल शाओमी अफलाइन कम्युनिकेसन सुविधा रहेको छ, जसले नेटवर्क कभरेज नभएको अवस्थामा पनि किलोमिटरस्तरको आवाज प्रसारण गर्न सक्छ। रेड्मी नोट १५ प्रो प्लस ५ जी मा शाओमी सर्ज टी १ एस ट्युनर पनि छ, जसले वाइफाइ, ब्लुटुथ, जिपिएस र सेलुलर नेटवर्कहरूमा बलियो र स्थिर कनेक्टिभिटी दिन्छ। रेड्मी नोट १५ प्रो ५ जी मोडेलमा पनि दुई सय एमपी क्यामेरा सिस्टम र आइपी ६६, आइपी ६८, आइपी ६९, आइपी ६९ के रेटिङ छ तर मिडिया टेकको डाइमेन्सिटी ७४ सय अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ। रेड्मी नोट १५ ५ जी मोडेल ७.३’५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस हो तर त्यसमा ५५ सय २० एमएएच सिलिकन कार्बन व्याट्री छ भने एक सय आठ मेगापिक्सेल क्यामेराले तीन गुणा इन-सेन्सर जुम र ओआइएस दिन्छ। पातलो भए पनि आइपी ६६ वाटर रेजिस्टेन्स कायम छ। रेड्मी नोट १५ ४ जी मोडेलमा पनि छ हजार एमएएच ब्याट्री र एक सय आठ मेगापिक्सेल क्यामेरा रहेको छ।

    रेडमी नोट १५ सिरिजको लन्च उत्सवका अवसरमा शाओमीले २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवर्द्धनात्मक अफर सार्वजनिक गरेको छ। सो अवधिमा सबै मोडेलसँग शाओमी बड्समा विशेष छुटसाथ बन्डलिङ अफर पनि उपलब्ध छ। रेड्मी नोट १५ सिरिजका सबै मोडेलमा नौ महिना शून्य इएमआई सुविधाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ। उल्लेखित मोडेलहरूको मूल्य २९ हजार नौ सय ९९ सय रुपैयाँदेखि ६६ हजार नौ सय ९९ रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation