बुटवल,११ पुस । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजानमा खाद्यान्न तथा स्टेशनरी वितरण गरिएको छ । क्लवका पुर्व अध्यक्ष तथा जिएटी लिडर आशिषकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा रुपन्देही दृष्टिविहिन संरक्षण केन्द्र बुटवल १३ जवईमा रहेका दृष्टिविहनता भएका व्याक्तिहरुलाई सहयोग प्रदान गरिएको हो । संस्थाको माग अनुसार खाद्यान्न, स्टेशनरी, जिन्सी लगायतका सामग्री प्रदान गरिएको हो ।
कार्यक्रममा लायन्स ईन्टनेशनल डिष्ट्रिक ३२५ पीका गर्भभर पुरुशोत्तमभक्त प्रधानांङ्ग, फष्ट भिडिजी बालाराम भट्राई, सेकेन्ड भिडिजी सन्दीप कसौधन, डिष्ट्रिक सचिव माधव खनाल, एरिया ३ चिफ शान्ती पाठक पाण्डेय, जोन चियर पर्सन एन्जील खान, लायन्स क्लव अफ बुटवल स्टार्स का अध्यक्ष भपेन्द्र अर्यालल लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा बोल्दै लायन्स ईन्टनेशनल डिष्ट्रिक ३२५ पीका गर्भभर पुरुशोत्तमभक्त प्रधानांङ्गले लायन्सको विश्वव्यापी अभियान हंगर रिलिफ अन्र्तगत अभियान स्वरुप यो कार्यक्रम आयोजना गरिएकोमा लायन्स स्टार्सलाई धन्यबाद दिएका थिए । कार्यक्रममा बोल्ने अतिथिहरुले लायन्स क्लव स्टार्सले लामो समय देखि विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आएकोमा प्रंशसा समेत गरेका थिए ।