पाल्पा,१८ पुस । लायन्स क्लव अफ बुटवल स्टार्सलेद्धारा पाल्पा देवगीर स्थीत रत्न माध्यामिक विद्यालयलाई कम्प्युटर कक्ष निर्माणको लागि ६ वटा कम्प्युटर, आवश्यक फर्निचर, स्टेशनरी सामाग्री र खेलकुद लगायतका सामग्री हस्तारण गरेको छ ।
लायन्स क्लव अफ बुटवलका अध्यक्ष राजन जिसीले उक्त सामग्रीहरु विद्यालयका प्रधानाध्यापक निर बहादुर सारु र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर जिसीलाई हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक निर बहादुर सारुले कम्प्युटर सहयोग गर्ने सबैमा बिशेष धन्यवाद दिँदै पठन–पाठनमा थप सहज हुने बताए । विद्यार्थीहरुको सिकाईलाई प्रविधिमैत्री बनाएर शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने पवित्र उद्देश्यका साथ उक्त सामग्रीहरु सहयोग गरिएको क्लवका अध्यक्ष जिसीले जानकारी दिए । 
कार्यक्रमका बोल्दै माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले माथागढी गाउँपालिका भित्रको शैक्षिक पक्षमा यस विद्यालयले गरेको योगदानको प्रशंसा गर्दै लायन्स क्लव अफ बुटवल स्टार्सले गरेको यस प्रकारको सहयोगले शैक्षिक पक्षको गुणस्तरमा एउटा ईट्टा थपिएको उल्लेख गरे । यस्तै क्लवका अध्यक्ष लायन राजन जिसीले आफुले यसै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेको स्मरण गर्दै आफु जन्मे हुर्केको ठाँउको विद्यालयमा कम्प्युटर कक्ष व्यवस्थापन लगायतका सामग्रीहरु सहयोग गर्न पाउनु खुशीको क्षण भएको बताए भयो । विद्यालयमा स्थापित कम्प्यूटर ल्यावबाट यहाँ अध्ययनरत विद्यार्थीहरुले आईटि तथा कम्प्युटर सम्बन्धी थप ज्ञान सीप हासिल गर्ने कुरामा आफुलाई पूर्ण विश्वास रहेको समेत बताए ।
त्यतै कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का फस्ट भिडिजि संन्दिप कसौधनल कम्युटर हस्तान्तरणले रत्न विद्यालयका विद्यार्थीहरुको भविष्यमा महत्पूर्ण भूमिका खेल्ने बताए। आजको डिजिटल साक्षरता र प्राविधिक विकासको समयमा इन्टरनेट र कम्प्यूटरको उपलब्ध गराई देशको शैक्षिक क्षेत्रमा योगदान गरेकोमा लायन्स स्टार्सलाई भिडिजी कसौधनले धन्यवाद समेत दिएका थिए। कार्यक्रमा डिष्ट्रिक सचिव एमएल पाण्डे , जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठ, एरिया ३ चिफ कृष्ण पाण्डे, एरिया सचिव एन्जील खान,जोनचेयपर्सन विजय कुमार बर्नवाल लगाएतको उपस्थीत रहेको थियो । कार्यक्रम संचालन सचिव पिताम्बर अर्यालले गरेका थिए ।













