बुटवल,२७ मंसिर । जेन्जी आन्दोलनका क्रममा आगलागी भएर नष्ट भएको उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालले २ सेट २ सेट कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । लायन्सले बुधबार एक कार्यक्रम गरि कार्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा लायन्स इन्टरनेशनलका ३२५ पि का डिष्ट्रिक गर्भनर बालाराम भट्टराईले जनताको सेवाप्रवाहसंग प्रत्यक्ष जोडिएको कार्यालय सुचारु गर्न लायन्सबाट सहयोग गरिएको बताउनु भयो । आगलागीपछि आफ्नो मुद्दा तथा सेवा–प्रक्रियामा प्रभाव परिरहेको कार्यालयलाई यसले संस्थागत काम सुचारु गर्न सहज हुनेमा आशाबादी रहेको उनको भनाई छ । विश्वका २०० भन्दा बढी राष्ट्रमा क्रियाशिल सदस्यहरु रहेको लायन्सको आफनै पहिचान रहेको बताए । आँखा र मधुमेह, अटिजम, टिउ बल्डबैक ,दातमा काम गर्दै आएको लायन्स नेपालमा भूकम्पपछि १८ विद्यालय निर्माण गरेर उपलब्धि हासिल गरेको बताउनुभयो । यसका साथै शिक्षा, स्वास्थ्य र समुदायका क्षेत्रमा निरन्तर सेवा दिइरहेको उल्लेख गरे । कार्यक्रममा उच्च अदालत तुलसीपुर बुटवलका माननिय मुख्य न्यायाधिस वासुदेव आर्चायले आगलागीपछि चुनौतीपूर्ण अवस्थामा प्राप्त आएको यो सहयोगले कार्यालयका दैनिक सेवा, मुद्दा दर्ता तथा प्रविधि आधारित कामलाई द्रुत रूपमा सामान्य अवस्थामा फर्काउन मद्दत गर्ने बताउनु भयो । उहाँले न्यायिक सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले गरिएको सहयोगबाट सेवाग्राहीले प्रत्यक्ष लाभ पाउने समेत जानकारी दिनुभयो । यो सहयोगले अदालतका कर्मचारीहरुलाई जवाफदेहिता र उत्तरदायित्वतिर प्रतिवद्धता बनाउनेमा आशाबादी रहेको बताउनुभयो । अदालतसहित विभिन्न सरकारी संरचना जल्दा यसबाट ठूलो तथ्याकीय समस्या देखिएको बताउनु भयो । उहाँले न्यायिक क्षेत्रमा प्रविधिमैत्री पूर्वाधार अत्यावश्यक भएको उल्लेख गर्दै लायन्स डिष्ट्रिक ३२५ पि को सहयोग सराहनीय रहेको बताउनु भयो ।
उक्त कार्यक्रमा माननिय–न्यायाधिसहरु, रजिष्टार ,लायन्स इन्टरेशनल डिष्ट्रिक ३२५ पि का निवर्तमा गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ् ,डिष्ट्रिक सचिव एमएल पाण्डे ,एरिया ३ चिफ कृष्ण पाण्डे, लगाएत उपस्थीत रहेको थियो ।












