मृगौला विरामीलाई ईनरह्वील क्लवको सहयोग

  • बुटवल,२२ कार्तिक । कार्तिक– इनरह्वील क्लव अफ बुटवल आयोजानमा मृगौला पिडीत विरामीहरुको लागि भोजन प्रदान गरेको छ । बुटवलका विभिन्न अस्पतालमा डाईलाईसीस सेवा लिदै आएका विरामीलाईहरु एक कार्यक्रम गरी सहयोग प्रदान गरिएको हो । २०० जना विरामीहरुको लागि सहयोग प्रदान गरिएको मृगौला तथा मुटुपिडीतसरोकार समज लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए । सहयोग प्रदान कार्यक्रममा जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका पुर्व प्रमुख चिन्तामणि ज्ञवाली, मृगौला रोग विशेषज्ञ डा. रजत कायस्त, नेपाल नियमित रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहन क्षेत्री, ईनरह्वील क्लव बुटवलका अभ्यक्ष बुलबुल श्रेष्ठ, मृगौला तथा मुटुपिडीत सरोकारसमाजका पुर्व अध्यक्ष रमेश केसी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation