राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र सङ्घका महासचिवबिच भेटवार्ता

  • काठमाडौँ ,१८ कार्तिक। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच मङ्गलबार शिष्टाचार भेटवार्ता भएको हो ।
    सो अवसरमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्र सङ्घका महासचिवले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र सङ्घसँग निकट रही काम गर्न नेपाल तयार रहेको बताए ।“ भदौ महिनामा भएको जेनजी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएको छ, यस आन्दोलनले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गरेको छ, युवाहरूको आकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation