क्यानन माविको गेस्ट अफ दी मन्थमा सोल्टी होटलका क्लस्टर डाइरेक्टर श्रेष्ठद्धारा प्रशिक्षण

  • बुटवल,१६ कार्तिक । क्यानन माध्यमिक विद्यालय बुटवलले करिअर आवर अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रम गरेको छ । सिक्दै कमाउँदै (लर्निङ बाई अर्निङ) का लागि सुरु गरिएको करिअर आवरमा होटल म्यानेजमेन्टको भविष्य, पढ्दै कमाउन सकिने उपाय र नेतृत्व विकासका बारेमा प्रशिमाक्षण दिइएको हो । विद्यालयले प्रत्येक महिना गेस्ट अफ दि मन्थको रुपमा बिभिन्न बिधाका ख्याती प्राप्त ब्यतित्वहरुलाई आमन्त्रणगरि बिद्यार्थीहरुलाई शैक्षिक ज्ञानका अतिरिक्त चौतर्फी ज्ञान दिने उदेश्यले कार्तिक महिनामा गेस्ट अफ दि मन्थको रुपमा सोल्टी होटलका क्लस्टर डाईरेक्टर डा.रुपेश श्रेष्ठलाई आमन्त्रण गरि कार्यक्रम गरेको जनाईएको छ ।
    विद्यार्थीहरुले किताबी ज्ञानसँगै वाहिरी व्यवहारिक र प्रयोगात्मक ज्ञान बढाउन विभिन्न ख्याती प्राप्त बिशिष्ट व्यक्तिहरुबाट प्रशिक्षण दिने गरिएको विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले बताए । उनले विद्यालयले अतिरिक्त शुल्क नलिएर विद्यार्थीका लागि कोर्ष वाहेकका बिषयमा यस्तै रचनात्मक कार्यक्रममा सहभागि गराउने गरिएको बताए । हस्पिटालिटीमा पिएचडी गरी करिब २५ बर्षको अनुभव प्राप्त गरेका डा. श्रेष्ठले देश बिदेशमा हस्पिटालिटी क्षेत्रको अवस्था, होटल म्यानेजमेन्टको महत्व, आवश्यकता र सम्भावनाका बारेमा जानकारी गराए । साथै उनले विद्यार्थीहरुलाई नेतृत्व विकास, उत्प्ररेणाका विभिन्न टिप्सहरु बताएका थिए । साथै साथै क्यानन माध्यमिक बिद्यालयलबाट आउने बिद्यार्थीहरुलाई प्रत्येक बर्ष १० देखि १५ जनालाई सोल्टी होटल अन्तर्गत रुपन्देहीमा सञ्चालित टाईगर प्यालेसमा पेयड ईन्टनसिप दिने प्रतिबद्धता समेत जनाएको प्लस टु संयोजक पवन बस्यालले जानकारी दिए। कक्षा ११ र १२ का होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई करिअर आवरमा सहभागी भएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation