‘’
भैरहवा ,९ कार्तिक । भैरहवामा रहेको यु.सि.यम.यस., शिक्षण अस्पताल कार्यरत नर्सिङ्ग कर्मचारीहरुले अस्पताल प्रशासन समक्ष ‘अकस्मात् रुपमा’ विभिन्न मागहरु राखि यही आन्दोलन गरेपछि प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ ।
मिति २०८२ कार्तिक २ गते आइतबार कुनै सुनुवाई गर्ने समय नै नदिई जारी आन्दोलनले यस अस्पतालका अत्यन्त संवेदनशील क्षेत्र आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइ.सि.यु., सि.सि.यु., एस.आइ.सि.यु. इत्यादि) समेत सहजरुपमा सन्चालन हुन सकेको छैन । केही सयम पहलिा अदालतबाट अस्पताल सन्चालन सम्बन्धमा भएका निर्णय तथा नजिर, नेपाल सरकारद्धारा मिति २०७८ मंसिर २७ गते राजपत्रमा प्रकाशित अस्पताल जस्तो ‘आवश्यक सेवामा हड्ताल गर्न निषेध’ गरिएको सुचना, अहिलेको विषयलाई सम्बोधन गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कार्यदल गठन’ समेत गरिसकेको अवस्था र छाता संगठन नेपाल नर्सिङ्ग संघद्धारा ‘घोषित आन्दोलनका कार्यक्रम तालिका’ विपरित हुने गरि अस्पतालका सेवाहरु पुर्णरुपमा प्रभावित हुँदा विरामीहरुको उपचार तथा बाँच्ने पाउने अधिकार समेत कुण्ठित भएकोमा अस्पताल प्रशासनको गंभिर ध्यानाकर्षण भएको अस्पताल प्रशासनले जानएको हो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसद्धारा जारी विज्ञप्ती अनुसार नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्धारण गरेको ‘न्युनतम पारिश्रमिक’ समेत यस संस्थाले यही मिति २०८२ श्रावण १ गतेदेखि लागु गरिसकेको अवस्था, समस्यालाई नजिकबाट विश्लेषण गर्दै आएको छ ।
अस्पताल प्रशासनले वार्ताको माध्यमबाट विभिन्न चरणहरुमा औपचारिक तथा अनौपचारिक संवाद समेत जारी राखेको, रुपन्देहीका प्रजिअ (सिडिओ) को रोहवरमा छलफल समेत भइसकेको, सरकारद्धारा गठित कार्यदलको प्रतिवेदन मार्फत छिट्टै समाधान आउने आशा राख्दै आन्दोलनरत कर्मचारीहरुलाई यथाशिघ्र कार्यस्थलमा फर्की नियमित कार्यमा समर्पित हुन आव्हान गर्दछ गरेको विज्ञप्तीमा उल्लेख छ । वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि विरामीलाई प्रतिकुल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जवाफदेही आन्दोलनकारी पक्ष नै हुने समेत अस्पताल प्रशासनले जानएको हो । विरामीको उपचारलाई मध्यनजर गर्दै आकस्मिक सहित सघन उपचार, प्रसुति लगायत सबै सेवाहरु पुर्णरुपमा सन्चालनमा ल्याउनको लागि आन्दोलनरत पक्षसंग अनुरोध समेत अस्पतालले गरेको छ । उठेका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक ‘समन्वय तथा सहयोग’ गरिदिन हुन स्थानिय प्रशासन तथा सरोकारवाला सबैमा अस्पताल प्रशासन हार्दिक अपिल गरेको हो ।








