मानसिक स्वास्थ्यका लागि सचेतना

  • बुटवल ,२७ असोज । विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सोमबार बुटवल उपमहानगरपालीका वडा न ६ वडा अध्यक्ष , सदस्यहरु र आमा समुहहरुलाई सचेतनामुलक शिक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एरिया ३, रिजन ५ अन्र्तगत ३ वटाजोन ९ जोन ,१० जोन , ११ जोन अन्र्तगत का १० वटा क्लबहरुको सयुक्त आयोजनामा सेवामा पहुँच–विपत्ति र आपतकालमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको लायन्स डिष्ट्रिक ३२५ पी नेपालका पर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठलेआम जनसमुदायमा मानसिक स्वास्थ्यको बारेमा सचेतना जगाउने नयाँ र रचनात्मक ढंगको कार्यक्रम भएको उनले बताए ।
    कार्यक्रममा सहभागीहरुलाई मनोचिकित्सक प्रोफेसर डा अन्मोल बन्दु कार्कीले सहजिकरण गर्दै मानसिक समस्या व्यक्तिको सोच, व्यवहार, भावनात्मक सन्तुलन र निर्णय क्षमतामा देखिने असामान्य परिवर्तन भएको बताए । कसैले थाहा पाइहाल्छ कि भन्ने डरले मानसिक रोग पालेर बस्छन्। अझ दुःखलाग्दो त, मानसिक समस्या भएका व्यक्तिलाई सहयोग तथा उपचार गर्नुको सट्टा घरपरिवार र समाजले ‘बौलाएछ’ या ‘दिमाग खुस्केछ’ भने प्रताडित गर्छन्।यस्तो अवस्थामा मानसिक समस्याबाट गुज्रिरहेका व्यक्ति र परिवारका सदस्य थप पीडा भोगिरहेका हुन्छन्। उनीहरूलाई यसबारे कसरी कुराकानी गर्ने भन्ने आधारभूत जानकारी पनि हुँदैन। जसले समस्या जटिल बन्ने गरेको पाइएको कार्कीले बताए।
    कार्यक्रमा जोन १० जोन चेयपर्सन विजय कुमार वर्नवालको सभातिमा तथा एरिया ३ चिफ कृष्ण प्रसाद पाण्डेको विशिष्ट अथितिमा सम्पन्न भएको थियो । त्यतै कार्यक्रमा लायन्स क्लब अफ बुटवल मुक्तिनाथ,लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल बुद्धभुमि, लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज,लायन्स क्लब अफ बुटवल मखमली,लायन्स क्लब अफ मणिमुकुन्द, लायन्स क्लब अफ बुटवल नाइट , लायन्स क्लब अफ बुटवल,ग्रेसि, लायन्स क्लब अफ बुटवल हेल्पीड हेन्डस,लायन्स क्लब अफ बुटवल मदरल्यान्ड को सहभागीता रहेकाे थियाे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation