युवा रेडक्रस सर्कल पक्लिहवा कृषि क्याम्पसमा नयाँ नेतृत्व

  • बुटवल , पक्लिहवा कृषि क्याम्पस, पक्लिहवामा ‘युवा रेडक्रस सर्कल’ को वार्षिक साधारणसभा तथा अधिवेशनबाट सुचना थापाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । युवा रेडक्रस सर्कल पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष नरेश उपाध्यायको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख आतिथ्यता नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी गुरुङ्गले मानविय कार्यमा रेडक्रस तथा युवा रेडक्रसको भुमिका, प्राथमिक उपचार, तालिम, व्यक्तित्व विकाश, विपद व्यवस्थापन, रगत संकलन कार्यमा रेडक्रसले खेलेको भुमिकाको बारेमा आप्mनो धारणा राखेका थिए ।

    कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख डा।रामभजन मण्डल, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्ग, बेलहिया उपशाखाका निवर्तमान अध्यक्ष सुमन शर्मा, बेलहिया उपशाखाका पुर्व अध्यक्ष देवराज न्यौपाने, कोषाध्यक्ष पंकज उदास लगायतले युवा रेडक्रस पक्लिहवा कृषि क्याम्पसमा मात्र सिमित नरही समुदायको समग्र विकाशमा सक्रिय रुपमा लाग्नुपर्ने जानकारी दिए ।

    सो सर्कलको उपाध्यक्षमा रणसिंह सुवेदी, सचिवमा भुवन ओढ, सह–सचिवमा कस्मिला राना, कोषाध्यक्षमा दिपक कुमार कान्दु, सह–कोषाध्यक्षमा सुदिप कुमार चौधरी तथा सदस्यहरुमा अस्मिता के।सी।, शान्ति बोगटी, रामचन्द्र पन्त, तृप्ती भन्डारी, अपेक्षा प्रधान चयन भएको छ । कार्यक्रम उपाध्यक्ष रश्मिता के।सी।को स्वागत तथा सचिव रणसिंह सुवेदीकोे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation