कांग्रेस बिषेस अभियानकालागि प्रतिनीधी खटाईयो

  • भैरहवा, मसिंर नेपाली कांग्रेस रुपन्देहीले सय दिने बिषेश राष्ट्रिय अभियानकालागी जिल्लाका सवै बडामा प्रतिनिधी खटाएको छ ।
    जिल्ला, प्रतिनिधी सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय पालिका र वार्ड सभापति तथा कार्यसमीती सगं समन्वय र परामर्श गरी प्रतिवेदना तयार पार्न प्रतिनीधी खटाउने निर्देशन बमोजिम जिल्लामा पनि प्रतिनीधी खटाइएको नेपाली कांग्रेस रुपन्देहीमा सभापति रामकृष्ण खाणले जानकारी दिए । उनका अनुसार आगाी पुस ७ गते भित्र प्रतिवेदन ल्याउने गरी जिल्लाका १ सय ५५ बटै बडामा प्रतिनीधी खटाइएको छ ।
    मासमीती सदस्य, महाधिवेसन प्रतिनीधी, क्षेत्रीय सभापति र जिल्ला सदस्यहरुलाई प्रतिीनीधको रुपमा खटाइएको नेपाली कांग्रेस रुपन्देहीका सचिव हरी काफ्लेले जानकारी दिए । प्रतिनीधीहरुले बडा भेला , अन्तरक्रीर्या गर्ने, कनर्यसमीती पुर्ण नभएको भए बिधान बमोजिम गर्न लगाउने, नियमीत बैठक बस्न लगाउने, पार्टी सगंठन, क्रीर्यासिल सदस्यता नवीकरण फ्रत्रीया के कस्तो भएको छ, उक्त बडामा अन्य पार्टीको अवस्था, जनप्रतिनीधी र पार्टी बिचको समन्वय जस्ता बिषय हरु समेटेर प्रतिवेदन तयार पार्ने छन् ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation