दर्ता प्रक्रियाका लागि मेटाले माग्यो आवश्यक कागजातको विवरण

  • काठमाडौँ,१९ भदौ । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।मन्त्रालयका प्रशासन स्रोतका अनुसार मेटाको सिंगापुर कार्यालयमा कार्यरत एक कर्मचारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिग्राम पराजुलीसँग सम्पर्क गरेका हुन्।
    सम्पर्क भएपछि दर्ता तथा सूचीकरणका लागि आवश्यक पर्ने विवरणबारे जानकारी मागिएको थियो। “मेटाको सिंगापुरमा कार्यरत एक महिला कर्मचारीले सम्पर्क गरी दर्ता तथा सूचीकरणका लागि कस्ता कस्ता कागजात आवश्यक पर्छन् भनेर सोधेको ती स्रोतको भनाई छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation