
काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीनजना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्वसचिव ई। देवेन्द्र कार्की, ई। सुशील चन्द्र तिवारी र ई। मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो ।मनोनयनपछि विभाग प्रमुख ई। श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो देखेर विज्ञ सल्लाहकारमा चयन गरिएको बताए । नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत भएको बताउँदै त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरुरी भएको बताए ।राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न क्षेत्रका विज्ञ, पूर्व सचिव, पूर्व प्रशासक, पूर्व सुरक्षा अधिकृतहरु एवं राष्ट्रिय, सामाजिक जीवनका ब्यक्तित्वहरुलाई विज्ञ सल्लाहकारको रुपमा मनोनय गर्ने गरेको छ ।