
काठमाडौं,२५ असार । नेपाली कांग्रेसले उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै १८ जनामाथि अनुशासन कारबाही गरेको छ।
केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्व रहेको समितिमा बहुमत पक्ष सभापति शेरबहादुर देउवा पक्षका छन् ।अनुशासन समितिको असार ९ गतेदेखि १७ गतेसम्म बसेको बैठकले तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूमाथि कारबाही गरेको हो । २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक सञ्जाल, अडियोरभिडियो लगायत अनेकन हत्कण्डाहरू प्रयोग गरिएका प्रमाणका आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निस्काशनरनिलम्बन गर्ने निर्णय गरिएको छ,पत्रमा भनिएको छ। अनुशासन कारबाहीमा परेकाहरू अधिकांश संस्थापनइतर समूहका छन्। चुनावमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेपछि उनीहरूलाई अनुशासन समितिले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो स्पष्टीकरण नआएको भन्दै अनुशासन कारबाही गरेको संयोजक ढुंगानाको भनाइ छ। कांग्रेस अनुशासन समितिमा संयोजक ढुंगाना र सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजिव कोइराला छन्।
पार्टीबाट एक वर्षका लागि कारबाही गरिएकाहरू
१. तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा,
२. कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का
३.लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल
४. खोटाङ जिल्लाका सभापति विष्णुकमार राई
५. पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता
३ महिना कारबाही गरिएका:
१. कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी
६ महिनाका लागि कारबाही गरिएकाहरू:
१. धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव
२. धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव
३. धनुषाधाम नगरपालिका वडा नं। १ का रामवावु यादव
४. मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव
५. कास्की जिल्ला क्षेत्र नं। २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ
६. कैलालीको धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह
७. कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर
८. धनगढी उपमहनगरपालिका १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी
९. धनगढी उपमहानगरपालिका २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह
१०. क्रियाशील सदस्य लेखराज ओझा
११. धनगढी उपमहानगरपालिका १ का क्रियाशील सदस्य सुभाष चन्द
१२. धनगढी उपमहानगरपालिका ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी