
बुटवल,१४ असार। लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२५/०२६ का निर्वाचित अध्यक्षहरुलाई दुई दिने प्रशिक्षणात्मक कार्यक्रम भैरहवा शुरु भएको छ । एक सय ८ जना क्लबका अध्यक्षहरु प्रशिक्षण कार्यक्रम राखिएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै इलेक्ट गभर्नर बालाराम भट्टराईले बर्ष २०२५/०२६ मा डिस्ट्रिक्टले लिएका रणनिति तथा लक्ष्यहरुबारे प्रशिक्षण दिएका थिए । इलेक्ट गभर्नर भट्टराईले हेप्पी हट्स ,हेल्पीङ हेन्ड्स भन्ने मुल नारासहित नेतृत्वमा हुनुपर्ने गुणबहुआयमिक हुन्छ र एउटा लायन्समा नेतृत्वदायी गुण विकास गर्न यसका धेरै क्षेत्रहरूको ज्ञान हुन आवश्यक छ। इन्भाईरमेन्ट,युथ र मेन्टल हेल्थ तथा बिगत देखि गरिआएको कार्यक्रम ग्लोबल कष्ट अन्र्तगत डाईबेटिज, हंगर, भिजन, ह्युमेट्रिन फोर्स, डिजाष्टर रिलिफ लगायतका विषयलाई प्रथमिकतामा राखेर यो बर्ष काम गर्ने बताउँदै सोही प्रकृतिको प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
तेस्तै प्रमुख अथिति मल्टिपल चेयरपर्सन मिलन थापाले कसरी सफल र नमुना अध्यक्ष बन्न सकिन्छ भनेर उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गर्नु भएको र क्लबलाई चलायमान बनाउन अध्यक्षको प्रमुख भुमिका हुनेभएकाले सबै सदस्यहरुलाई समेटेर अघि बढ्न सुझाव दिनुभयो । सामाजिक सेवाका कार्यक्रमहरुलाई निरन्तर अघि बढाउन समेत क्लबका अध्यक्षहरुलाई निर्देशन दिनुभएको थियो
।
प्रशिक्षण कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त ब्यक्तित्वले एक बर्ष सम्म लायन्स क्लबहरुले गर्ने रणनीतिकहरु, सामाजिक क्रियाकलाप, दायित्वको विषयमा बिभिन्न तालिम र मोटीभेशन प्रशिक्षण प्रदान गरिएको थियो ।
डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गले अध्यक्षहरुले आफ्नो कार्यकाल सफल गर्न गर्नुपर्ने प्रशासनिक कार्य, वार्षिक कार्ययोजना, डिष्ट्रिक्ट गभर्नरका लक्षित कार्यक्रम तथा सफल अध्यक्ष र क्लब बनाउनका लागि गर्ने पर्ने सामाजिक र मानविय कार्यहरुलाई दिनु पर्ने स्तरिकरण र प्राथमिकताका बिषयहरुमा प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षण कार्यक्रमा जिएलटि डिष्ट्रिक्ट कोडिनेटर मुकुन्द ज्ञवालीले असल मिटिङ्ग कसरी सञ्चालन गर्ने र सफल बन्ने भन्ने बिषयमा प्रशिक्षण प्रदान गर्नेु भएको थियो। लायन्स कोड अफ लायनिज्म मा प्रथम इलेक्ट गभर्नर सन्दीप कसौधनलेएक असल नेतृत्वदायी गुण बोकेको लायन्ससदस्यबाट हरेक काम सम्भव छ । नेतृत्वको कुशल क्षमता बोक्ने लायन्सले मात्र क्लबहरू थप गर्ने, सदस्यता बृद्वि गर्ने, क्लबका बैठक कार्यक्रमहरू ब्यावस्थित गर्ने, सेवाका क्षेत्रमा उत्कृष्टता दिन सक्ने बिचार व्यक्त गर्नुभयो । प्रशिक्षण दिनु भएको थियो । द्धितिय इलेक्ट गर्भनर मिना पन्थीले महिलाहरूको सामाजिक चेतना विकासमा जोड दिनुपर्ने भन्दै, विभिन्न देशका अग्रज महिला नेतृत्वको बारेमा जानकारी दिनुभएको थियो । मल्टिपल डिष्ट्रिक्ट मार्केटिङ कोडिनेटर अरुण प्रताप राणा पूर्व गर्भनरहरु अर्जुनमान शैजु,नवराज न्यौपाने,अनुप पहरी,सुनिल वझा, महेन्द्रनारायण श्रेष्ठ,एलसिआइफ डिष्ट्रिक्ट कोडिनेटर अर्चित श्रेष्ठ, जिएमटि डिष्ट्रिक्ट कोडिनेटर विनोद खरेल,जिएसटि डिष्ट्रिक्ट कोडिनेटर आशिष कृष्ण श्रेष्ठ,जिइटि डिष्ट्रिक्ट कोडिनेटर एकदेव बस्याल,जिएमएच डिष्ट्रिक्ट कोडिनेटर ओम कुमार श्रेष्ठ र रविन कटुवाल लगाएतले प्रशिक्षण दिनुभएको थियो ।
यस्तै डिष्ट्रिक्ट क्याबिनेट सचिव एमएल पाण्डेर डिष्ट्रिक्ट क्याबिनेट कोषाध्यक्ष संगम न्यौपाने पनि सचिव र कोषाध्यक्षसँग अध्यक्षले समन्यवय गरी डिष्ट्रिक्टमा गर्नु पर्ने रिपोर्टिङ सम्बन्धीका कार्यका बारेमा प्रकाश पार्नु भएको थियो ।कार्यकालको शुरुवात देखि नै स्कुलिङ कार्यक्रमलाई फरक तरिकाले अगाडी बढाइएको सचिव एमएल पाण्डेले जानकारी दिनुभयो ।