रुपन्देही नागरिक समाजको अध्यक्षमा गुप्ता

  • मंसिर १५ बुटवल
    रुपन्देही नागरिक समाज सिद्धार्थनगर, रुपन्देहीको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार तिलोत्तमा नगरपालिकास्थित भलवारीमा भएको साधारण सभा तथा अधिवेशनले अमित कुमार गुप्ताको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।जसमा वरिष्ठ उपाध्यक्षमा शारदा पोखरेल, उपाध्यक्षमा कल्पना अर्याल, महासचिवमा दीपक के।सी।, सचिवमा तुलसा शर्मा वाग्ले र कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे, सदस्यहरुमा नरेन्द्र क्षेत्री, शेर बहादुर काफ्ले र अरुण कुमार श्रेष्ठ निविरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता दिलिप कुमार मल्लिक जानकारी दिए ।
    कार्यक्रमा रुपन्देही नागरिक समाज सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष ईश्वर प्रसाद चापागाईंको अध्यक्षता, सर्वोच्च अदालतका पूर्व न्यायाधिश तेज बहादुर के।सी।, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख हरि ज्ञवाली, वरिष्ठ उपाध्यक्ष श्रीराम गुप्ता ,सचिव तुलसा शर्मा वाग्ले लगाएत बोलेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation