शुक्रबार मंसिर १४ काठमाडौं। काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोस्थित सिमखोलामा दुर्घटना भएको रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम खड्का मगरले बताए।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम खड्का मगर अनुसार सुमोमा ८ जना सवार थिए । गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँचमध्ये चार जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका छन् ।
त्यस्तै, जिपका चालकको पनि घटनास्थलमै मृत्यु भएको छ । मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ सोही दुर्घटनामा आमाछोरीले पनि ज्यान गुमाएका छन् । गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीया कविता कार्की र उनकी ७ वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एकजना मृतकको भने पहिचान खुलिसकेको छैन ।
घाइते हुनेहरूमा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगंगा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की रहेका छन् ।
अर्का एकजना घाइतेको पनि पहिचान खुलेको छैन । अन्दाजी ३–४ वर्षका बालक घाइते भएको र उनको शरिरको विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।
त्यसमध्ये अन्य ं३ जना घाइते भएको र उनीहरूको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।












