
बुटवल,२० जेठ ।नेपाली सांगितिक बजारमा फेरि एक पटक एउटा गहिरो प्रेमभाव बोकेको गीत आएको छ, जसले दर्शक–श्रोताको मन जित्न सफल हुँदैछ। हालै सुनितामी परियारको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘लाजको पर्दापर्दा’ मा चर्चित अभिनेता पल शाह र जुना बिस्वकर्मा सामाजिक सञ्जालमा भाइरल बाल कलाकार द्व्य आरुशी कार्की र युनिश घिमिरेको को संवेगात्मक अभिनय देख्न सकिन्छ।
गीतमा खेम सेन्चुरी र सुनितामी परियारको सुमधुर स्वर सुन्न सकिन्छ। विशेष गरी अर्घाखाँचीकी चेली सुनितामी परियार नेपाली गित संगितमा सभ्य अनुसासित सुन्दरी गायिका मध्यमा पर्छिन,उनले धेरै बर्स संगित प्रशिक्षण क्लास लिएकी छन, संगीतप्रतिको उनको समर्पण यस प्रोजेक्टमा प्रष्ट रूपमा झल्किन्छ। उनि पुरानी गायिका पनि हुन । आफ्नो यात्रालाइ अझै सहज बनाउन उनको टिमले नयां गीत बजारमा ल्याएको छ ।
गीतको रचना र संगीत संयोजन
गीतका सशक्त शब्दहरू प्रसिद्ध गीतकार अर्घाखाँचीका बिमल कौशलले लेखेका हुन्। उनका शब्दहरूले नेपाली समाजको लाज, संकोच र मनभित्रको भावनालाई सूक्ष्म तर गहिरो ढंगले उतारेका छन् यो गितका लगानी कर्ता पनि बिमल कौशल नै हुन!
गीतमा संगीत संयोजन चर्चित संगीतकार हाकिम सुनारको रहेको छ।
गीतको निर्देशन कुशल निर्देशक बिक्रम चौहानले गरेका छन्।
पल शाहको अभिनय सधैंझैं आत्मीय र भावनात्मक देखिन्छ। उनले प्रेममा रहेको व्यक्तिको मौनता, झुकाव र सम्मानलाई अभिनयमार्फत स्पष्ट रुपमा बोलेका छन्। आरुशी कार्की र युनिशले बाल कलाकार भएर पनि प्रेमलाई मासूम दृष्टिले प्रस्तुत गरेका छन् – उनको अभिनय हेर्दा लाग्छ, भावना बुझ्न उमेरको कुनै सीमा हुँदैन
‘लाजको पर्दापर्दा’ शिर्षक आफैंमा गहिरो छ – जुन लाज र संकोचभित्र लुकेको प्रेमको सुगन्ध बोकेको छ। भिडियोको हरेक दृश्य, लय र शब्दले प्रेमलाई नाजुक र सम्मानित रूपमा प्रस्तुत गर्छ। नेपाली समाजमा अझै प्रेम खुलेर अभिव्यक्त गर्न हिच्किचाइन्छ, र यही हिच्किचाहटभित्रको सौन्दर्यलाई यस गीतले कुशलतापूर्वक उधिन्ने प्रयास गरेको छ