लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • दाङ,१३ जेठ। लुम्बिनी प्रदेश सभा छैठौँ अधिवेशनको दसौँ बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी प्रि(बजेट छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ
    सोही छलफलमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारहरूबारे विचार विमर्श गरिनेछ ।यस अघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलेले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। प्रदेश सभाका सदस्यहरूले आजबाट उक्त प्रस्तावमाथि बैठकमा आ(आफ्ना सुझाव र धारणा राख्ने अवसर पाउनेछन् ।
    प्रदेश सरकारले आगामी बजेटमा सामाजिक क्षेत्रको सुदृढीकरण, कृषि र पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, रोजगारी सृजना, शिक्षा तथा स्वास्थ्यमा लगानी, जलवायु परिवर्तनको सामना तथा समावेशी विकास जस्ता विषयलाई प्राथमिकता दिने तयारी गरेको जनाइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation