ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

  • पोखरा,१२ जेठ ।पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।सोमबार जिल्ला अदालत कास्कीका न्यायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
    यसअघि उनी बागलुङ जिल्ला कारागारमा थुनामा थिए। त्यहाँबाट झिकाएर कास्की जिल्ला अदालत, पोखराले सोमबार उनको बयान लिएको थियो।कास्की जिल्ला अदालतले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation